बागमतीपछि उपत्यकामा जुट्यो माओवादी

बागमतीपछि उपत्यकामा जुट्यो माओवादी

नेकपा माओवादी केन्द्रको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेश परामर्श समितिको संयुक्त बैठक शुरु भएको छ। 

पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि शुरु भएको बैठक भोलिसम्म चल्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारी, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ । 

सरकारबाट बाहिरिएसँगै आन्तरिक छलफलमा जुटेको माओवादीले केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि सातै प्रदेशमा परामर्श समितिको बैठक राख्दैछ । गत साता सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार हिजो र अस्ति बागमती प्रदेशको बैठक बसिसकेको छ । 

त्यस्तै, भदौ ९ र १० गते गण्डकी प्रदेश, १२ र १३ गते सुदूरपश्चिम तथा १४ र १५ गते कर्णालीको बैठक बस्नेछ । लुम्बिनी प्रदेशको भदौ १६ र १७ गते, केन्द्रीय आयोगको १८ र १९ गते तथा मधेस प्रदेशको २२ र २३ गते बस्नेगरी मिति निर्धारण गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नेतृत्व हस्तान्तरणको दबाब बढेपछि माओवादी केन्द्रले देशभरका नेता-कार्यकर्ताको मनोभावना बुझ्न यस्तो बैठक आयोजना गरेको हो ।

टिप्पणीहरू