कांग्रेस बैठकमा रवि लामिछानेलाई थुन्ने चर्चा

कांग्रेस बैठकमा रवि लामिछानेलाई थुन्ने चर्चा

नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् । 

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले लामिछानेलाई पक्राउ गर्न किन ढिला भएको ? भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे । 

‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो ? सरकार हाम्रै छ, गृहमन्त्री हाम्रै छ’, उनले भने, ‘दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो, तुरुन्त थुनौं ।’ 

नेता बस्नेतले दोहोरो राहादानी र नागरिकतामा लामिछानेलाई उन्मुक्ति दिने भए सर्वसाधारणले पनि दुई-दुई वटा नागरिकता र राहदानी बोक्न पाउनुपर्ने भन्दै कटाक्षसमेत गरे । ‘नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने ?’, उनकाे व्यंग छ। 

बस्नेतले गृहमन्त्री रमेश लेखकलाई सहकारी प्रकरणमा अनेकौं प्रमाण भेटिँदा पनि लामिछानेलाई अहिलेसम्म पक्राउ नगर्नुको कारण प्रष्ट्याउन पनि भनेका छन् ।

टिप्पणीहरू