सरकारमा माफियाको प्रभाव प्रमाणित भएको पुनको दाबी

सरकारमा माफियाको प्रभाव प्रमाणित भएको पुनको दाबी

 नेकपा (माओवादी केन्द्र)ले बिचौलिया र माफियाको हितमा काम नगरेका कारण तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढलेको दाबी दोहोर्याएको छ । 

सो पार्टीका उपमहासचिव वर्षमान पुनले बिचौलियाहरुले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन बनाएको आफूहरुको दाबी यसबीचमा सरकारले गरेका कामबाट पुष्टि भएको बताए । यो कुरा जनताले पनि बुझिसकेको उनको जिकिर छ । 

‘शुरुमा माफियाबाट परिचालितभन्दा बढी बोल्यौँ जस्तो लागेको थियो । किनभने हामीले पनि जनतालाई जवाफ दिनुपर्छ', पुनले भने, 'तर यो ४० दिनको घटनाले हामीले अनुमान गरेको भन्दा पनि बढी माफियाको प्रभावमा बनेको रहेछ भन्नेकुरा पुष्टि भएको छ ।'

यसले काँग्रेस र एमाले भन्दा माओवादी फरक रहेछ भन्नेकुरा प्रमाणित भएको उनले बताए ।
 

टिप्पणीहरू