राजश्व चुहावट निरन्तर, सिंहदरबारमा छलफल १५ मीनेट
मुलुकका विभिन्न नाकास्थित भन्सारमा राजश्व चुहावटको क्रम नरोकिएपछि सिंहदरबारमा छलफल गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राजश्व चुहावट र यसको रोकथामबारे बैठक राखिएको बताइएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपपरिषद्को कार्यालयमा हिजो अपरान्ह त्यसबारे १५ मीनेट छलफल गरिएको स्रोतको दाबी छ । बैठकमा गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याललगायतको उपस्थिति थियो ।
अपरान्ह साढे ४ बजेदेखि पौने ५ बजेसम्म भएको छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागका महानिर्देशकहरुलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता थियो ।
टिप्पणीहरू