प्रदेशसभा सदस्यको चोर औंला सचिवको नाकैमा...

प्रदेशसभा सदस्यको चोर औंला सचिवको नाकैमा...
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई नेपाली काँग्रेसकी सदस्य रक्षा महराले कार्यालयभित्रै चोर औंला उठाएकी छन् । प्रदेश सभामा आयोजित छलफलमा महराले एकाएक चोर औंला ठड्याउँदै नाकै छुनेगरी हप्कीदप्की गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफूहरूको माग सम्बोधन नभएको जनाउँदै रक्षाले सचिवलाई हप्काएकी हुन् । प्रदेशका नौ वटै जिल्लाका कर्मचारीहरुमाझ प्रदेश सदस्य र सचिवबीच चर्काचर्की परेको हो ।

‘हाम्रो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं,के सोच्नुभएको छ ? के हामीले पढेको हुँदैनौं ?"

करार कर्मचारीको कुरो उठाएपछि सचिव आफूमाथि खनिएको रक्षाको आरोप छ । मैले करारलाई पनि स्थायीसरह सुविधा दिने कानून बनाउनुपर्यो भन्दा उनले ‘पढेर आउनु पर्यो नि’ भनेका थिए । त्यसपछि सचिवमाथि आफू जाइलागेको प्रदेश सभा सदस्यको दाबी छ । 

उनले सचिवलाई आफ्नो योग्यता दाँज्न चुनौती दिइन् ।  ‘हाम्रो क्वालिफिकेसनलाई अगाडि टेबलमा राखौं,के सोच्नुभएको छ ? के हामीले पढेको हुँदैनौं ?" उनको भनाइ थियो । सचिवलाई निकाल्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताएकी थिइन् ।

टिप्पणीहरू