मेलिनाको नृत्यपछि भरतपुुरकी मेयरलाई रामदेवको सम्मान

मेलिनाको नृत्यपछि भरतपुुरकी मेयरलाई रामदेवको सम्मान

तीज मनाउन भारतको राजधानी नयाँ दिल्ली पुगेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल रामदेवको सम्मान लिएर आज स्वदेश फर्कने कार्यक्रम छ । पतञ्जली योग पीठका संस्थापक बाबा रामदेवको मिन्त्रणमा गत बिहीबार दिल्ली पुगेकी उनलाई बाबा रामदेव र आचार्य बालकृष्णले सम्मान गरेका हुन् । 

कार्यक्रममा चर्चित कथावाचक बाबा बागेश्वरको पनि सहभागिता रहेको बताइएको छ । अस्ति तीजको अवसर पारेर पतञ्जलीकै भ्रातृ संस्था ‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले इन्दिरा गान्धी स्टेडियमा आयोजना गरेको भव्य कार्यक्रममा हजारौँ नेपाली महिला सहभागी भएका थिए ।

कार्यक्रममा गायिका मेलिना राईको प्रस्तुतिसँगै सहभागीहरु धुमधामसँग नाचेका थिए ।

टिप्पणीहरू