निजामतीपछि अदालतका कम्प्युटरमा पनि रोक

निजामतीपछि अदालतका कम्प्युटरमा पनि रोक

मुलुकभरका अदालतमा सेयर कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टिएमएस) चलाउन रोक लगाइएको छ । सर्वोच्च अदालतले सर्वोच्चसहित मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा टिएमएस नचलाउन निर्देशन दिएको छ । 

सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मिति २०८१÷०५÷२३ गतेको पत्रानुसार नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले यस अदालत, मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा टिएमएस (सेयर कारोबार) नचलाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

यसअघि सरकारले देशभरका सरकारी तथा सार्वजनिक निकायमा टिएमएस चलाउन नपाउने व्यवस्थाका लागि निर्देशन दिएको थियो । सरकारी कर्मचारीहरु कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवा अवरोध भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छड्के अनुगमन गरेको थियो । सो क्रममा कतिपय कर्मचारीले कार्यालयमा टिएमएम चलाएको पाइएपछि अख्तियारको पत्रबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस्तो निर्देशन दिएको हो ।

टिप्पणीहरू