प्रतिपक्षको अवरोध जारी रहँदा संसद अधिवेशन अन्त्य

प्रतिपक्षको अवरोध जारी रहँदा संसद अधिवेशन अन्त्य

सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । 

आज बसेको क्याविनेट बैठकले भोलि राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । क्याविनेटको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

भोलि अन्तिम वैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

संसद्को बजेट अधिवेशन गत वैशाख २८ गते शुरु भएको थियो । तर, यसबीच पटक-पटक बैठक अवरुद्ध हुँदा संसदले प्रभावकारी भूमिका खेल्न सकेन । गत असार १७ गते एमालेसँग सत्ता सहकार्यको सहमति गर्नुअघि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको पुगेका नेपाली कांग्रेसले सहकारी ठगि प्रकरण छानविनको माग गर्दै सदन अवरुद्ध पारेको थियो । 

पछिल्लो पटक माओवादी केन्द्रले अवरोध गरिरहेको छ ।

टिप्पणीहरू