संसद बैठकअघि नयाँ बानेश्वरमा सभामुखको छलफल

संसद बैठकअघि नयाँ बानेश्वरमा सभामुखको छलफल

सभामुख देवराज घिमिरेले मध्यान्ह कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उहाँले संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुभएको छ ।

आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । आजै राति १२ बजेदेखि चालु अधिवेशन अन्त्यको लागि सरकारले सिफारिस गरिसकेको छ ।

सभामुखले प्रधानमन्त्रीको सम्बोधनसहित आजको बैठकका कार्यसूचीलगायतका विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको बताइएको छ ।

टिप्पणीहरू