मेयर आएपछि उपमेयर अमेरिका प्रस्थान

मेयर आएपछि उपमेयर अमेरिका प्रस्थान
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल अमेरिका गएकी छन् । उनी संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन आज साँझ साढे ६ बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै त्यसतर्फ गएकी हुन् । 

मेयर बालेन साह हिजो राति भारतको बैंगलोरबाट काठमाडौं फर्केका छन् । साह आइतबार त्यता गएर हिजोको इन्द्रजात्रा विशेष कार्यक्रममा अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नुपर्ने भएपछि उनी एकाएक बैंगलोर गएर हिजो महानगरले आयोजना गरेको उक्त कार्यक्रममा मेयर जानजान अनुपस्थित भएको चर्चा छ ।

डंगोलसँगै पर्शुराम नगरपालिकाका मेयर भरत बडायर जोशी, एमालेका युवा नेता अब्दुस मियाँ (गोरखा क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उमेदवार)  र  अनेरास्ववियु अध्यक्ष समिक बडाल पनि अमेरिका गएका छन् ।

उनीहरु नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित राष्ट्र संघको आवासीय प्रतिनिधि कार्यालयबाट छनौट भएको बताइएको छ । चारै जनाले असोज ६ र ७ गते आयोजना हुने ‘समिट अफ द फ्युचर’ नेपाली युवाहरूको प्रतिनिधित्व गर्न लागेका हुन् ।

नेपालको तर्फबाट प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० गते महासभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू