पत्रकार महासंघको निर्वाचन थप अनिश्चिततातर्फ उन्मुख

पत्रकार महासंघको निर्वाचन थप अनिश्चिततातर्फ उन्मुख

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । असोज १२ गतेका लागि तय भएको निर्वाचन महासंघले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । 

यसअघि प्रकाशित निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता आजलाई तोकिएको थियो । केन्द्रीय निर्वाचन सिमितिले आज प्रकाशित गरेको विज्ञप्तिमा उक्त कार्य स्थगन भएको उल्लेख छ । 

‘निर्वाचनको कार्यक्रमअन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार उम्मेदवार मनोनयन दर्तालगायत कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,’ जरी विज्ञप्तिमा उल्लेख छ । स

महासंघले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको पनि निर्वाचन समितिले बताएको छ । सदस्यता शुद्धिकरणको विषयमा विवाद हुँदा महासंघको निर्वाचन गर्न सकिरहेको छैन । यसअघि तीन पटक निर्वाचन मिति मिति तोकिएको थियो । तर चुनाव गराउन नसकेपछि अध्यक्ष विपुल पोखरेलले भदौ २४ गते राजीनामा दिएका हुन् ।

टिप्पणीहरू