प्रहरीमा रवि लामिछानेको कोर समूह फेरि चल्मलायो

प्रहरीमा रवि लामिछानेको कोर समूह फेरि चल्मलायो

काठमाडौं सहकारी ठगी प्रकरणमा प्रहरीले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी बञ्जाडेलाई असोज ६ गते अपराह्न काठमाडौंबाट पक्राउ गरेलगत्तै रास्वपाले उपत्यकाभित्र रहेका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गर्‍यो । रास्वपाको आकस्मिक बैठक पनि बस्यो । यसको मतलब अब रवि पनि निश्चित रूपमा पक्राउ पर्ने रास्वपाको निचोड थियो । किनभने दुबै जना गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् । 

तीमध्ये सबैभन्दा व्यग्र पात्र हुन् अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी र मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा (बढुवा) हेर्ने नायब उपरिक्षक (डिएसपी) जयश्वर रिमाल । निर्मला पन्त प्रकरणबाटै रविसँग नजिक भएका जिसीकै सल्लाहमा रिमाल मानवश्रोत शाखामा गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको नातेदार हुँ भन्ने जयश्वर सहित लामिछाने गृहमन्त्री भएको बेला प्रहरीमा गठित कोर समूहका कमाण्डर थिए, तत्कालीन अतिरिक्त एआइजी श्यामलाल ज्ञवाली । अपराध अनुसन्धानका एसपी अंगुर जिसी, सिआइबी एसपी होबिन्द्र बोगटी, डिएसपी दिपेश बस्याल रविको कोर समूहभित्र थिए । होबिन्द्र अहिले सिआइबी प्रमुख दिपक थापाको प्रिय पात्र बनेका छन् ।
 

टिप्पणीहरू