उपमहानगरपालिकाका वडाध्यक्षलाई विशेषमा उभ्याउने तयारी

उपमहानगरपालिकाका वडाध्यक्षलाई विशेषमा उभ्याउने तयारी

घुससहित पक्राउ परेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । 

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले गत भदौ २५ गते उनीहरुलाई सेवाग्राहीसँग साढे चार लाख रुपैयाँ घुस लिएको अवस्थामा वडाध्यक्षको कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा घरबाटो सिफारिस प्रमाणित गरिदिने प्रयोजनका निम्ति सेवाग्राहीसँग घुस बुझेको खुल्न आएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम साढे चार लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू