सरकारद्वारा राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारद्वारा राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने

सरकारले बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विपद्मा राष्ट्रिय शोकको घोषणा गरेको जानकारी दिइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले तीन दिन राष्ट्रिय झण्ड आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै मन्त्रीहरुको एक महिनाको पारिश्रमिक सहयोग गर्ने र विपद कोषमा एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय भएको बताइएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले  बाढी पहिरोका विस्थापितहरुलाई स्थानीय तहको समन्वयमा बासको ब्यवस्था मिलाइने र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू