सरकारले बेवास्ता गरेको भन्दै प्रचण्डसँग हारगुहार

सरकारले बेवास्ता गरेको भन्दै प्रचण्डसँग हारगुहार

सरकारले बेवास्ता गरेको भन्दै ललितपुरका बाढीपीडितले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका छन् । 

ललितपुरको नक्खु क्षेत्रको स्थलगत अवलोकन गर्न आज अपराह्न त्यहाँ पुग्नुभएका प्रचण्डलाई पीडितले दु:खेसो पोखेका हुन् । उनीहरुले विपत्को घडीमा अभिभावकत्व गरिदिन आग्रहसमेत गरे ।

अझैसम्म उद्वारको काम नसकिएको, धेरै मानिस घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उनीहरुले जतिसक्दो चाडो आफूहरूको जनजीवन सहज बनाइदिन प्रचण्डसँग आग्रह पनि गरेका छन् ।

पीडित कुरा सुनेपछि प्रचण्डले नेता-कार्यकर्ता परिचालन गरेर पार्टीले सक्नेजति तत्काल गर्ने र बाँकी उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले बिरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनर्स्थापना गर्नुपर्ने उहाँको जोड छ ।

जनजीवन सहज बनाएर सबै पीडितलाई दशैं मनाउने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै प्रचण्डले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

टिप्पणीहरू