दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश

राजावादी अभियन्ता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश भएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । साइबर अपराधसम्बन्धी दुई वटा कसूरमा ५०–५० हजार रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए ।

‘उहाँलाई ५०–५० हजार गरी एक लाख रुपैयाँ तिर्न आदेश भएको छ । उहाँ धरौटी बुझाउने क्रममा हुनुहुन्छ’,उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीपछि गत असोज ६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कमेरोटारस्थित निवासबाटै पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ को कसूरबमोजिम पाँच वर्ष कैद र एक लाख जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले हिजो अदालतमा मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू