आफूले पाँच अर्ब खान नलागेको प्रधानमन्त्रीको प्रष्टोक्ति

आफूले पाँच अर्ब खान नलागेको प्रधानमन्त्रीको प्रष्टोक्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा आफूले ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरिएको बताउनुभएको छ ।

बाढीपहिरो र त्यसपछिको अवस्थाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस्तो प्रष्टीकरण दिनुभएको हो । तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूमाथि आरोप लगाएर भ्रामक प्रचार गराएको ओलीको दाबी छ । 

त्यतिबेला एमाले सरकारमै भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै उहाँले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ५ अर्ब लिनेकुरा आफूले नगरेको बताउनुभयो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले आफूनिकट पत्रिकामा समाचार लेखाएर हल्ला फिँजाएको प्रधानमन्त्री ओलीको जिकिर छ । 

हरेक परिस्थितिलाई लाभ लिने अवसरको रुपमा प्रयोग नगर्न सरकारलाई खबदारी गरेपछि प्रधानमन्त्री झस्किएर भोलिपल्ट ५ अर्ब खाने भयो भन्ने समाचार लेखाएको उहाँले आरोप लगाउनुभयो । आफू कमिसनका निम्ति काम गर्ने नभई देशका निम्ति काम गर्ने  र भ्रष्टाचार गर्ने नभइ, रोक्ने मान्छे भएको प्रधानमन्त्री ओलीको दाबी छ । 

प्रचण्ड प्रधानमन्त्री भएका बेला धितोपत्र बोर्डको अध्यक्षमा बिचौलिया दिपक भट्टका मान्छे सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्न अर्थमन्त्री पुनलाई ओलीमार्फत दबाब दिएको चर्चा थियो । त्यसलाई रोक्न अर्थमन्त्री पुनले आफूनिकट तीनजना उम्मेदवारलाई अन्तर्वार्ता वहिष्कार गराइएको बताइएको थियो । 

ओलीको सिफारिस बमोजिम अध्यक्ष नियुक्त नगरेकै कारण प्रचण्ड नेतृत्वको सरकार ढालिएको दाबी माओवादीले गर्दै आएको छ ।

टिप्पणीहरू