प्रधानन्यायाधीश श्रेष्ठको बिदाई, प्रस्तावित सिंह अनुमोदित

प्रधानन्यायाधीश श्रेष्ठको बिदाई, प्रस्तावित सिंह अनुमोदित

सर्वोच्च अदालतले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको बिदाइ गरेको छ । असोज १९ गतेसम्म पदावधि रहेपनि दशैंका अवसरमा भोलिदेखि अदालत बिदा हुने भएकाले उहाँको आज बिदाइ गरिएको जनाइएको छ ।

श्रेष्ठ २०३८ चैत २७ गतेदेखि शाखा अधिकृतका रुपमा न्यायसेवामा प्रवेश गर्नुभएको थियो । प्रधानन्यायाधीशले ४२ वर्षपछि सेवाबाट अनिवार्य अवकाश पाउनुभएको हो ।

आजै संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । 

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उहाँ २०७१ साउन १७ गते सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

अनुमोदित प्रधानन्यायाधीश राउतलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।

टिप्पणीहरू