बच्चा च्यापेर जस लिन खोज्ने रास्वपा मान्य तोसिमामाथि जनआक्रोश
नेपालीमा एउटा प्रसिद्ध उखान छ ‘काम गर्ने कालु,मकै खाने भालु ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको क्रियाकलाप र ती उखान ठ्याक्कै एकापसमा मेल खान थालेको छ । रास्वपा नेतृ एवम् सांसद डा.तोसिमा कार्की ‘स्टण्टबाजी’ देखाउने क्रममा पुनः विवादमा तानिएकी छन् ।
गत बिहीबार रातिदेखि परेको अविरल वर्षाले राजधानी काठमाडौं उपत्यकालगायत धेरै ठाउँमा जनधनको क्षति भएको छ । सडक, राजमार्ग,भौतिक पूर्वाधारहरु क्षतविक्षत छन् । पूर्वतयारीको अभावमा १७ अर्ब रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक विवरण सरकारले सार्वजनिक गरिसकेको छ । सरकारले विपद्लाई हलुका ढंगले लिँदा धेरै क्षति भएको जानकारहरु बताउँछन् । सरकार तत्काल गर्नुपर्ने उद्धारमा समेत चुकेको छ । राजधानीमै समेत सरकारी निकायको उद्धार कार्य प्रभावकारी नदेखिएको भन्दै चौतर्फी आलोचना भएको छ ।
शनिबार बिहान ललितपुरको नख्खु खोलामा आएको बाढीको बीचमा रहेको टिनको टहरोमा ४ जना फसेका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका उनीहरुलाई सरकारी निकायले उद्धार गर्न नसकेपछि हेर्दाहेर्दै टहरासँगै बगे । खोलाले बगाएर झण्डै पाँच सय मीटर तल पुर्याएका दुई जनालाई काभ्रेपलाञ्चोकका चणिकलाल तामाङ्गले बचाए । उर्लंदो भेलमा ज्यानको बाजी राखेर उनले बचाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी मेघनासँग सांसद कार्कीले अस्पतालमा पुगेर फोटो खिचाइन् ।
ज्यानको बाजी लाएर बाढीले बगाएको मान्छे बचाउने महान् व्यक्ति चणिकलाल तामाङ्ग । गाडी ठिक्क पारेर हस्पिटल पुर्याउने अर्को भूपू डिआइजी । हस्पिटलमा हतारहतार उपचार गर्ने हस्पिटलका डाक्टर । हस्पिटलमा गएर बिरामी बच्चा बेडबाट झिकेर बोकेर फोटो खिची सबैलाई देखाउने तोसिमा कार्की यो महाठगी भएन ? जनता झुक्याउने ।’
पाटन अस्पतालमा उपचाररत उनीहरुसँग कार्कीले भेटेपछि त्यो फोटो आफ्नो फेसबुकमा पोष्ट गरिन् । राजु र ती बालिकालाई भेटेको तस्बिर सेयर गर्दै लेखेकी छन्,‘ललितपुर नख्खु खोलाको यो घरको छतमा घण्टौंसम्म उद्धारको लागि पर्खिएपछि बाढीले बगाएका पाँच जनामध्ये उद्धार गरिएका राज साह,राजु साह र मेघना साहलाई पाटन अस्पतालमा भेटी चिकित्सकहरुसँग स्वास्थ्य अवस्था बुझेका छौं । ६ वर्षीया मेघना साहको शरीरको तापक्रम शुरुमा निकै कम रहेको थियो । राज साह र राजु साहको शरीरमा केही घाउचोट लागेका छन् । हाल सबै सामान्य स्वास्थ्य अवस्थामा हुनुहुन्छ ।’
उक्त स्ट्याट्समाथि एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेण्ट गरेका छन्,‘फेरि चटके क्यामरा बोकी गएछन्, यस्तो बेला पनि चटक नदेखाउँदा हुन्थ्यो माननीयज्यू ।’ त्यस्तै, अर्कोले लेखेका छन्,‘नौटंकी बढी भयो तिम्रो । चार–चार घण्टा कहाँ गएकी थियौ नानी तिमी । एउटा हेलि पठाउन जनताले गुहार मागिरहँदा तिमी कुन दुलोभित्र थियौ । अहिले आएर फोटो हाल्न लाजसरम लाग्दैन ?’
सामाजिक सञ्जालमै भेटिएको छ,‘के देख्न परेको । ज्यानको बाजी लाएर बाढीले बगाएको मान्छे बचाउने महान् व्यक्ति चणिकलाल तामाङ्ग । गाडी ठिक्क पारेर हस्पिटल पुर्याउने अर्को भूपू डिआइजी ।
हस्पिटलमा हतारहतार उपचार गर्ने हस्पिटलका डाक्टर । हस्पिटलमा गएर बिरामी बच्चा बेडबाट झिकेर बोकेर फोटो खिची सबैलाई देखाउने तोसिमा कार्की यो महाठगी भएन ? जनता झुक्याउने ।’यसअघि पनि उनले कीर्तिपुर अस्पतालमा गएर यस्तै काम गरेकी थिइन् ।
टिप्पणीहरू