जासुसहरुले कस्तरी गर्छन् जोगाड

जासुसहरुले कस्तरी गर्छन् जोगाड

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरमा कार्यरत एसएसपी भूमिप्रसाद पाठक कसरी बने करोडपति ? कथा रोचक छ । अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकका आफन्त भनी चिनिने उनी बहुआयामिक चरीत्रका पात्र हुन् ।

खोटाङतिरबाट २०३५ सालतिर चितवनमा बसाइँ सरेका उनको परिवारका नाममा एक धुर पनि जग्गा नभएको बारे गीतानगरवासी प्रष्ट छन् । नेपाल बैंकको आडमा चिया पसल सञ्चालन गरी बसेको थियो ।

२०५५ सालतिर गोविन्दराज जोशी गृहमन्त्री बनेपश्चात उनका नातेदार वासुदेव पन्तमार्फत मन्त्री क्वार्टरमा छिरेका थिए । भान्सेबाटै २०५६ सालमा निवेदन दिएर गुप्तचर इन्स्पेक्टरमा जागिर खाए । गोविन्दराज जोशीले तत्कालीन माओवादी सुप्रिम कमाण्डर प्रचण्डको खोजतलास गर्ने काममा खटाए । चिया पसलको लामो समयदेखि भाडा नतिरेकाले घरधनी केशवनारायण श्रेष्ठले भाडा माग्दा रिसाएर तेरो घरको मूल्य कति हो भनी धम्क्याएको सुन्नेहरु प्रशस्तै छन् । 

२०७० सालसम्म अफिसै नआई जागिर खाएका पाठक डिएसपीमा प्रमोशन भएपश्चात् ललितपुर बसे । २०७२ सालमा एसपी भएर पुनः ललितपुर आए । २०८० सालमा एसएसपी भएपछि पनि ललितपुर नै लगातार बस्ने भाग्यउमानी गुप्तचर हुन् । 

निजको काठमाडौं सामाखुशीमा घर र ललितपुर हात्तीवनस्थित क्लासिक टावरमा सुविधासम्पन्न अपार्टमेन्ट छ भने ललितपुरमा रहँदा ढुंगा, गिट्टी, इँटा, जग्गा प्लानिङ, कलकारखाना, नागरिकता, पासपोर्ट कार्यबाट करोडौं रुपैयाँ श्रीमती रोशनी अधिकारीको नाममा माछापुछ्रे बैंक कुमारीपाटी र सासु, ससुरा, आफन्तको नाममा राख्ने गरेको देखी जान्नेहरु बताउँछन् ।

खुमलटारस्थित प्रचण्ड निवसको निगरानी गर्न ४/५ जनाको टोली परिचालन गरेका छ् । त्यसको कमाण्डर सुमित्रा चौलागाईं प्रचण्ड निवासनजिकै डेरा गरी बस्छिन् । उनको कार्य प्रचण्ड निवासमा को जान्छ, आउँछ, भेट्ने, मानिसको लिष्ट तयार गरी बालुवाटारमा बुझाउने हो । सो कार्य प्रधानमन्त्री ओलीलाई रिझाएर दूतावासमा जानका लागि हो । 

राष्ट्रिय वनस्पति उद्यानका कार्यालय प्रमुख डा. मधुसुदन थापामगरका अनुसार पाठकले उक्त कार्यालयबाट हेडक्वार्टरमा वृक्षरोपण गर्न भनी करिब १५ सय बिरुवा ल्याए तापनि धेरैजसो ललितपुरतिरका विभिन्न नर्सरीमा बाँडेको आरोप छ । 

– देखी जान्नेहरु

 

टिप्पणीहरू