डुबानमा बेपत्ता भएको आरोप लागेका मेयरमाथि आक्रमण

डुबानमा बेपत्ता भएको आरोप लागेका मेयरमाथि आक्रमण

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि स्थानीयले हातपात गरेका छन् । वडा नम्बर १७ को सडक अवलोकनमा गएको बेला उनी कुटिएका हुन् । 

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण उक्त वडाका विभिन्न सडकमा पानी जमेर अरुवद्ध भएको थियो । आज दिउँसो मेयर सिंह त्यसको स्थलगत अवलोकन गर्न जाँदा केही युवाले हातपात गरेको स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । 

‘मेयर साप जमेको पानीलाई कसरी हटाउन सकिन्छ भनेर अवलोकनका लागि जानु भएको थियो’, घिमिरेले जनआस्थासँग भने, ‘त्यहीबेला केही लोकल केटाहरुले आएर हातपात गरे ।’ नगर प्रहरीले तत्कालै झडप साम्य बनाएको उनले बताए ।

 

स्थानीयले भने सडक अवरुद्ध भएको डेढ हप्तासम्म मेयरले कुनै चासो नदिएको आरोप लगाएका छन् । आफूहरुको पहलमा पानी कटान गरिसकेको सडकमा काम देखाउनकै लागि मेयर सिंह पुगेपछि विवाद भएको एक स्थानीयले दाबी गरे ।

टिप्पणीहरू