दशैंलगत्तै अर्का चिनियाँ नेता नेपाल आउँदै

दशैंलगत्तै अर्का चिनियाँ नेता नेपाल आउँदै

चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउन लाग्नुभएको छ । सरकारी उच्च स्रोतका अनुसार सचिव छन नेतृत्वको टोली कात्तिक ३ गते काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

यसअघि ५९ वर्षीय छन अल चाइना ट्रेड युनियन फेडरेसनको पार्टी सचिव हुनुहुन्थ्यो । पार्टी जिम्मेवारीको क्रममा अधिकांश समय राजधानी बेइजिङमा बिताउनुभएका उहाँ कुइयाङको पार्टी प्रमुख चुनिएपछि प्रान्तीय राजधानी कुइचौमा कार्यरत हुनुभयो । 

कुइचौपछि सिओङआन न्यु एरियाको पार्टी सचिव र हपेइ प्रान्तको उपगभर्नर पनि बन्नुभएको थियो । त्यसबखत छन काङ हपेइको प्रान्तीय पार्टी स्थायी समिति सदस्यको जिम्मेवारीमा रहनुभएको थियो ।

अक्टोबर १ तारिखका दिन चीनको राष्ट्रिय दिवस परेकाले केही समय चिनियाँ उच्चपदस्थ अधिकारीहरु विदेश भ्रमण र औपचारिक कार्यक्रमबाट टाढा भएका थिए । यो वर्ष नयाँ चीन स्थापनाको ७५ औं वार्षिकोत्सव चीन र विश्वका विभिन्न भूभागमा धुमधामसँग मनाइएको छ । चीनमा अक्टोबर १ तारिखदेखि एक सातासम्म सार्वजनिक बिदा दिइन्छ ।

टिप्पणीहरू