शीतल निवासमा नौ कन्याको पूजा

शीतल निवासमा नौ कन्याको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले नौ जना कन्याको पूजा गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा कन्याहरूको पूजा गर्नुभएको बताइएको छ । 

दुर्गा भवानीका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनास्वरुप नौ कन्याको पूजा गरिएको हो ।

टिप्पणीहरू