९४ वर्षीय दाजुको हातबाट राष्ट्रपतिद्वारा दशैँको टीका ग्रहण

९४ वर्षीय दाजुको हातबाट राष्ट्रपतिद्वारा दशैँको टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले दाजु डुण्डीराज पौडेलबाट दशैंको टीका, जमरा र आशिर्वाद ग्रहण गर्नुभएको छ । विजयादशमीको शुभ साइत ११ बजेर ३६ मिनेटमा उहाँले ९४ वर्षीय दाजुको हातबाट टीका ग्रहण गर्नुभएको हो । 

त्यस अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो । आफूले टीका लगाएपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विजयादशमीका उपलक्ष्यमा राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहेको छ ।

टिप्पणीहरू