‘भूकम्प सुरक्षा दिवस’ मनाउन निर्देशन
सरकारले ‘भूकम्प सुरक्षा दिवस’ मनाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहलाई त्यस्तो निर्देशन दिएको हो ।
हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइने गरिएको छ । यो पटक २८ औं दिवस मनाइँदैछ । गत पुस १८ गतेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
बैठकले गरेका निर्णयबमोजिम दिवस मनाउन गृह मन्त्रालयको निर्देशन छ । मन्त्रालयका अनुसार दिवसका लागि ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नारा तय भएको छ ।
टिप्पणीहरू