प्रहरी ऐन छिट्टै आउने गृहमन्त्रीको दाबी

प्रहरी ऐन छिट्टै आउने गृहमन्त्रीको दाबी

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । ६९औँ प्रहरी दिवसका अवसर आज प्रहरी मुख्यालय, नक्सालमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री लेखकले नयाँ ऐनपछि नेपाल प्रहरीको बृहत्तर हितसँगै प्रहरी कर्मचारीको वृत्ति विकासमा फराकिलोपन आउने विश्वास लिनुभएको छ ।

उहाँले विभिन्न कालखण्डमा नेपाल प्रहरीले कर्तव्यवोधका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएकोमा प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो,  ‘अनुभवी, सबल र सक्षम नेपाल प्रहरीले जुनसुकै सुरक्षा चुनौतीलाई सहजरुपमा सम्बोधन गर्न सफल हुने विश्वास छ ।’ 

उहाँले मुलुकका सामु विभिन्न चुनौती रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय आतंकवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार र बहुक्षेत्रीय अपराधको सञ्जालको नियन्त्रण, अनुसन्धान, मुद्रा निर्मलीकरण र प्रविधिको दुरुपयोगलगायतका आर्थिक अपराध प्रमुख सुरक्षा अवरोध रहेको बताउनुभएको छ ।

टिप्पणीहरू