साँझ क्याबिनेट, दिउँसो विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक

साँझ क्याबिनेट, दिउँसो विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाक्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ ५ बजे क्याबिनेट बैठक राखिएको छ । 

आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक बस्दैछ । बैठक सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।

टिप्पणीहरू