रवि र छविलालबीच अनौठो संयोग

रवि र छविलालबीच अनौठो संयोग

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । चौथो पटक म्याद थपको लागि अदालत लगिएको हो । 

दशैँको बिदापछि अदालत आजदेखि खुलेपनि सातैजना न्यायाधीश बिदामा छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागेको हल्ला सुनेपछि सम्भावित परिदृश्यलाई मध्यनजर गर्दै न्यायाधीश कृष्णजंग शाह अदालत पुगेका छन् । उनी पनि बिहानसम्म नेपालगञ्ज (घर) मा थिए । दिउँसो २ बजे पोखरा उत्रेपछि उनी सरासर कार्यालय पुगेको बताइन्छ ।  

पूर्वसहकर्मी समेत रहेका छविलाल र सभापति लामिछानेबीच केही संयोगहरु मिलेको देखिन्छ । जोशी असोज ६ गते पक्राउ परेका दिन लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेको थियो । 

आज लामिछानेविरुद्ध पक्राउ पुर्जी लिन प्रहरीको टोली जिल्ला अदालत पुगेको बताइएको छ । भने, छविलाललाई पनि म्याद थपको लागि आजै अदालत लगिएको छ ।

टिप्पणीहरू