पक्राउ पुर्जीपछि रविको आक्रोश : सरकार मर्यो, मलाई जुठो पर्यो

पक्राउ पुर्जीपछि रविको आक्रोश : सरकार मर्यो, मलाई जुठो पर्यो

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले चर्को प्रतिक्रिया दिएका छन् । पुर्जी जारीलगत्तै उनले ‘सरकार मरेको र आफूलाई जूठो परेको’ प्रतिक्रिया दिएका हुन् । 

लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाँहि हतकडी ?’ भनेर प्रश्न पनि गरेका छन् । 

‘सरकार मर्यो, हामीलाई जुठो पर्यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी,मेरो हातमा चाहि हतकडी ?’, उनको प्रश्न छ, ‘तपाईं बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने ?’ 

सहकारी ठगी प्रकरणमा समातिने पक्का भएसँगै यस्तो छ लामिछानेले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रिया :

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई  विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तपाई  प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने । 

तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? 

यति गरेपछी भाटभटेनीको इस्यु मोड्नपनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । वाचास्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो ।  तपाईहरुका दलका  नेता÷कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् । तपाईहरु तिनलाई जोगाउन लागि पर्नुभएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ ।

ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पु¥याएको यो देशले चाडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन् ।

अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर, मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शीर ठाडो राख्नुहोला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।

टिप्पणीहरू