बेलायत पुगेका मेयरको नाममा अदालतको अन्तरिम आदेश

बेलायत पुगेका मेयरको नाममा अदालतको अन्तरिम आदेश
सुन्नुहोस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्णयमा उच्च अदालत विराटनगरले रोक लगाएको छ । साम्पाङले बेलायत जाने भन्दै असोज २८ गतेदेखि वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएकामा अदालतले उक्त जिम्मेवारी तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

मेयर साम्पाङले कानुन विपरित जिम्मेवारी तोकेको भन्दै उपप्रमुख अइन्द्रविक्रम बेघाले अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश ध्रुवराज नन्दको इजालसमा भएको सुनुवाइपछि उक्त आदेश भएको हो ।

आदेशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको चलानी नम्बर २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

टिप्पणीहरू