रविको पक्षमा नारा लाउन माइतीघरमा जुटे कार्यकर्ता

रविको पक्षमा नारा लाउन माइतीघरमा जुटे कार्यकर्ता
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गर्दैछन् । 

हिजोसम्म पोखरामा प्रदर्शन गरेका सो पार्टीका नेता-कार्यकर्ता आज काठमाडौँमा र्यालीसहित कोणसभा गर्न लागेका हुन् । उपत्यकाका तीवटै जिल्लाका नेता-कार्यकर्ता माइतीघर मण्डलामा भेला भई नारा जुलुससहित बानेश्वर पुगेर कोणसभा गर्ने तयारी छ ।  

केन्द्रीय सदस्य पुकार बम, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टलगायतले काठमाडौँबाट र ललितपुरका सभापति बुद्धरत्न महजर्ननले ललितपुरको र्यालीको नेतृत्व गर्ने बताइएको छ । भक्तपुरबाट पनि कार्यकर्ताहरु माइतीघर पुग्नेक्रम जारी छ । 

र्यालीका क्रममा उनीहरुले ‘न्याय मार्न पाईदैन’, ‘भष्ट सरकार चाहिँदैन’, ‘राजनीतिक प्रतिशोत बन्द गर’, ‘दुई तिहाइको पाराले, दुःख पाए साराले’ लगायतका नाराबाजी नारा लगाएका छन् । 

गत शुक्रबार पक्राउ परेका लामिछानेको रिहाइका लागि शनिबारदेखि रास्वपा सडकमा उत्रिएको हो ।

तस्बिरहरु

टिप्पणीहरू