गृहका ड्राइभर स्ट्यान्डबाइ

गृहका ड्राइभर स्ट्यान्डबाइ

मन्त्रीहरु हेरफेरको हल्लाले कतिसम्म असर गरेको छ भने आइतबार दिउँसो भिआइपीलाई बोकेर हिँड्ने चालकहरु गृह मन्त्रालयको गेटअगाडि थुप्रिए ।

सञ्चारमाध्यममा आएका समाचार र सिंहदरबारभित्रको गाइँगुइँले ड्राइभर कतिबेला के हुने हो भनेर जम्मा भएका थिए। गृह मन्त्रालयमातहत विभिन्न मन्त्रालयमा सुरक्षाकर्मीसहित अहिले ४० जना जति सवारी र चालक स्ट्यान्डबाइ छन् ।

मन्त्रीका लागि भने सम्बन्धित मन्त्रालयले नै व्यवस्था गर्ने गरेको छ । यसबाहेक गृहमन्त्रालयमा प्रदेशबाट प्रमुख र मुख्यमन्त्री आए भने बोकेर हिँड्न १४ वटा सवारी र चालक स्ट्यान्डबाइ राखिएको छ ।

भिआइपीका लागि स्ट्यान्डबाइ राखिएका १४ वटा गाडी प्रदेशबाट प्रमुख र मुख्यमन्त्री आएको खण्डमा कुदाउन पाउँछन् ।

टिप्पणीहरू