जिबी-रवि प्रकरणमा टँकको नयाँ ट्विस्ट जिबीलाई भगायो चाहिँ कसले त ?

जिबी-रवि प्रकरणमा टँकको नयाँ ट्विस्ट जिबीलाई भगायो चाहिँ कसले त ?

हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र भीड उराल्ने अमेरिका निवासी  युट्युबर टँक दाहालले अन्ततः आफ्नै उक्त "हतारो"को ठहर ठहरै हुनेगरी कुरा फेरेका छन् । सहकारी ठगी,सम्पत्ति शुध्दिकरण र संगठित अपराधको गम्भीर आरोप लागेका फरार राईले अघिल्लो साता पठाएको इमेल र उठाएका बिषयवस्तुप्रति दाहालले साइबर ब्युरो र सिआइबीलाई नै पत्रु ठहर्याउन अत्यधिक श्रम र सीपको खपत गरेका थिए । 

नेपाली सञ्चारमाध्यमहरुको बिश्वसनीयतामाथि चर्को आक्रमण गर्दै रवि लामिछानेका अनुयायीहरुको सामाजिक सञ्जालमार्फत उर्जा प्रवर्धन गर्ने उनैले हप्ता दिन नबित्दै आज फेरि फेसबुक पेजमा आफ्नो जिबी राई नजिकका मान्छेहरुसँग उक्त इमेलवारे झण्डै एक घण्टा कुरा गर्दा जनआस्थामा प्रकाशित राईको भनाइभन्दा थप डरलाग्दा र दिमाग चक्कराउने सामग्री फेला परेको दावी गरेका छन् ।

उनी लेख्छन्, ‘हिजो जिबी राईको नजिकैको मान्छेसँग झण्डै १ घण्टा कुरा भयो,धमाकेदार खुलासाहरु छन् । दिमाग घुम्ने गरि"का कुराहरु छन्,सबका सब मिलेर राजनीति गरेका रहेछन् यो केसमा । कांग्रेस, एमाले र रास्वपाको पनि राम्रै हात देखियो जिबीलाई लुकाउनुमा ।’ उनले जिबी राई विदेशमा लुकेको र त्यसमा लामिछाने सभापति रहेको पार्टी रास्वपाको हात रहेको पनि खुलाएका छन् ।

दाहालले गत वर्ष भदौमा जिबी नेपाल आएको अर्को खुलासा गरेका छन् । उनले ‘राईलाई नेपाल ल्याइएको पनि रहेछ,फेरि के कुरा मिलेन र रातारात भगाइएको रहेछ’ भनेर ठोकुवा गरेका छन् । 

 इमेल आएको सत्य हो भन्ने स्वीकारिसकेपछि हिजो उनैले गरेको  दावीअनुसार त्यो कसरी फेक भयो अनि त्यसमा उठाइएका मुध्दाहरु कसरी फेक भए ?

जिबीका ती नातेदारहरुसँग हालैको इमेलबारे पनि कुरा भएको टँकले उल्लेख गरेका छन् । माइक्रोसफ्ट इञ्जिनियर भनिएका दाहालले जिबीको इमेल क्याम्बोडियाबाट नेपाल पठाइएको बताए । तर,इमेल ‘आचार्य’ थरका एमाले निकटस्थ व्यक्तिले पठाएको उनको जिकिर छ । इमेल आएको सत्य हो भन्ने स्वीकारिसकेपछि हिजो उनैले गरेको  दावीअनुसार त्यो कसरी फेक भयो अनि त्यसमा उठाइएका मुध्दाहरु कसरी फेक भए ? अब प्रश्न जिबीले पठाए या पठाएनन् मा मात्रै सिमित रहेन । टँकले आफूले पनि इमेल पाएर त्यो फेक भन्ने ठोकुवा गरेको दुई दिनपछि जनआस्थालाई सन्देश पठाउँदै तपाईंहरुलाई आएको इमेल मलाई दिन मिल्छ ? भन्ने आग्रह गरेका थिए । आफैले हतार हतार फेक भन्ने फैसला सुनाइसकेको उक्त इमेल फेरि किन चाहियो ? तपाईं भगवान भक्तहरुको मिसयुजको शिकार नहुनोस् भनेर त्यतिबेलै जनआस्थाले उनलाई सुझाव फर्काएको थियो । 

टँकजी आफ्नो पछिल्लो status मा अगाडि लेख्छन्-जिबी निकटहरुको कुरा सुन्दा त नेपालका प्राय: सबै राजनीतिक पार्टीप्रति घृणा जागेर आयो । नेपालका पत्रिकाले जस्तो बिशेष सूत्रका अनुसार भनेर सनसनी फैलाउन मन छैन तर बाहिर ल्याउनै पर्ने कुराहरु छन् । के गर्ने,के नगर्ने सोच्न सकेको छैन । अडियो रेकर्ड छ,उनीहरु तर्फको भनाइको,अरु प्रमाण मागेको छु । के गरौं लौ सल्लाह दिनुहोला ।’

टिप्पणीहरू