बिदेशीलाई ठगेर जेल बस्नेको मुद्दामा अर्को वर्ष पेशी

बिदेशीलाई ठगेर जेल बस्नेको मुद्दामा अर्को वर्ष पेशी
सुन्नुहोस्

बैकिङ्ग कसूरमा लामो समयदेखि थुनामा रहेका लमजुङ्ग निवासी गमबहादुर लामिछानेद्वारा दायर पुनरावेदन मुद्दाको पेशी स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको मुद्दा पुनरावेदकको कानुन व्यवसायीबाट स्थगित गरिएको हो । 

खुमबहादुर थापासमेतलाई विपक्षी बनाएर दायर मुद्दाको दर्ता नम्बर ०७९–आरबी–०१९६ रहेको छ । उक्त मुद्दाको अर्को पेशी २०८२ जेठ ५ गतेलाई तोकिएको छ । अस्ट्रेलिया बस्ने डलर अर्बपति शेष घलेका नक्कली भाइको परिचयमा दुनियाँलाई ठगिरहेका लामिछाने पटकपटक थुनामा परेका व्यक्ति हुन् । 

विभिन्न काण्डमा मुछिएका उनले व्यक्तिहरुबाट पैसा लिएर रित्तो बैंक खाताको चेक भिडाउँदै आएका थिए ।  उनीमाथि चिनियाँ व्यापारीहरुलाई ठगी घर र कम्पनी हत्याएकोमा चितवन र काठमाण्डौ जिल्लासहित उच्च अदालतको हेटौंडा र पाटन इजलासबाट दोषी ठहर गरिएको  थियो ।

टिप्पणीहरू