स्कुले विद्यार्थीलाई एसबिआईको सहयोग

स्कुले विद्यार्थीलाई एसबिआईको सहयोग
सुन्नुहोस्

नेपाल एसबिआई बैंकले कैलालीको लम्कीचुहा नगरपालिका–३, स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रछात्रालाई स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको हो । 

उक्त सामाग्री बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तरामी हस्तान्तरण गरेको जनाइएको छ ।  

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडासहित अन्य पदाधिकार तथा शिक्षकहरु पनि सहभागी भएका थिए । 

एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समयसमयमा गर्दै आइरहेको छ । बैंकले आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ्ग सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू