एक दशकपछि थापाथली भवनबाट राष्ट्र बैंकका पूर्ववत सेवा सुचारु

एक दशकपछि थापाथली भवनबाट राष्ट्र बैंकका पूर्ववत सेवा सुचारु

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीमा सर्ने भएको छ । राष्ट्र बैंकले आगामी पुस १ गतेदेखि दुवै विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने जनाएको छ ।

२०७२ सालको महाभूकम्पले थापाथलीस्थित सिंह महल ध्वस्त भएपछि ती विभाग बैंकको केन्द्रीय कार्यालय भवन बालुवाटारमा सारिएको थियो । गत दशैंअघि ती विभागलाई थापाथलीमा सार्ने तयारी गरिएपनि सुरक्षा पोष्टको अभावका कारण पाँच महिना पछाडि धकेलिएको हो ।

टिप्पणीहरू