शोभा पाठक साधारण तारेखमा रिहा
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक साधारण तारिखमा छुटेकी छन् ।
साइबर अपराधको कसूरमा पुस १ गते समातिएकी उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले छोड्न आदेश दिएको हो । उनले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै राजकुमार त्रिपाठीले गत मंसिर २८ गते जाहेरी दिएका थिए ।
सोही उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेकी उनीमाथि साइबर अपराधसम्बन्धी कसूरमा मुद्दा दायर गरिएको थियो । तर, उनले भने आफूलाई बस्नेतले षड्यन्त्रपूर्वक फसाएको दाबी गर्दै आएकी छन् ।
एक समय लिभिङ टुगेदरमा बसेका बस्नेत र पाठकबीच पछिल्लो समय आरोप–प्रत्यारोप चलिरहेको छ । गुप्तरुपमा अघि बढेको सम्बन्ध बाहिर आएपछि शुरु भएको विवाद मुद्दा–मामिलाको तहमा पुगेको हो ।
टिप्पणीहरू