भूकम्प प्रभावितहरुको उद्धारमा कुनै कमजोरी नहोस् : चिनियाँ राष्ट्रपति

भूकम्प प्रभावितहरुको उद्धारमा कुनै कमजोरी नहोस् : चिनियाँ राष्ट्रपति
सुन्नुहोस्

चीनका राष्ट्रपति सी चिनफिङले भूकम्प प्रभावितहरुको उद्धारमा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । बिहानेदेखि हजारौं सुरक्षाकर्मी र चिकित्सकहरु भूकम्प प्रभावित क्षेत्रमा परिचालित छन् । 

स्थानीय समय अनुसार चीनको सिचाङ (तिब्बत) मा बिहान ९ बजरे ५ मीनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । लगत्तै राष्ट्रपति सीले थप क्षति रोक्न र घाइतेहरुको तत्काल उपचार गर्न निर्देशन दिनुभएको हो । 
 
केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले भूकम्प प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्न र उचित गाँसबासको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । ‘भूकम्पको सम्भावित जोखिमसँग सतर्क रहनू, प्रभावितहररुको तत्काल उद्धार गरेर चाँडै राहत सामाग्री वितरण गर्नू, क्षतिग्रस्त अत्यावश्यक पूर्वाधार र संरचनाको मर्मत सम्भार गर्नू, नागरिकको जीवनको सुनिश्चितता गर्न जरुरी छ,’ उहाँको निर्देशनमा उल्लेख छ ।

भूकम्पमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ७० जनाभन्दा बढी घाइते भएको खबर छ । भूकम्पको महशुस नेपाल, भारत, भुटान, बंगलादेशमा पनि गरिएको थियो ।

टिप्पणीहरू