विश्वविद्यालयकै कर्मचारीकाे सर्टिफिकेट नक्कली

विश्वविद्यालयकै कर्मचारीकाे सर्टिफिकेट नक्कली

पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनको नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर गरेको छ । 

यादवले विश्वविद्यालयको जागिरकै लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अख्तियारको आरोप छ । जसअनुसार यादवले भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डअन्तर्गत महाराजा अग्रसेन पब्लिक स्कुल अशोक बिहार, न्यू दिल्लीबाट प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएका थिए । 

हालसम्म उक्त पदमा कार्यरत रही सरकारी ओहोदा, सेवासुविधा र लाभ लिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू