अचम्मसँग अध्यक्षको अलमल

अचम्मसँग अध्यक्षको अलमल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको निश्चित भइसकेको पाकिस्तान भ्रमण एकाएक रोकिएको छ । यसैबीच, पाकिस्तानले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका लागि पनि औपचारिक निम्तो पठाएको बुझिएको छ । अध्यक्षको भ्रमण अन्तिम समयमा रोकिनु र प्रधानमन्त्रीको निम्तो पनि हालसम्म हस्तान्तरण हुन नपाउनुका बीच के साइनो होला ? 

पाकिस्तानी नेशनल एसेम्ब्ली (सिनेट) का अध्यक्ष युसुफ राजा गिलानीको निम्तोमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले यही जनवरी १४ बाट पाँच दिने भ्रमण थाल्ने कार्यक्रम थियो । दाहालले भ्रमणको निम्तो स्वीकार गरेपछि पाकिस्तानले हवाई टिकट काटेर कार्यक्रमलाई अन्तिम रूप समेत दिइसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताए । 

तर, गत साता धर्मपत्नी बिरामी भएको कारण देखाउँदै अन्तिम क्षणमा कार्यक्रम रद्द गरिएको छ । अध्यक्षकी श्रीमती छोरा बुहारीसँगै हाल नयाँदिल्लीमा छिन् । सन् २०१४ देखि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अधिवेशन रोकिँदा २÷२ वर्षको पालोबमोजिम नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्न सकेको छैन ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी गत साता इस्लामाबाद पुगेर समकक्षी सेहबाज सरिफको निम्तो ल्याएको बुझिएको छ । उक्त निम्तो हस्तान्तरण गर्न राजदूतलाई समय भने दिइएको छैन । त्यसो त प्रधानमन्त्री ओलीले केही कुरामा चित्त नबुझ्दा उत्तर कोरियाली राजदूतलाई  समेत ५ वर्षसम्म भेट्दै नभेटी प्योङयाङ फर्काउनु भएको थियो ।  
 

टिप्पणीहरू