अध्यादेश पेश गरेलगत्तै संसद बैठक स्थगित

अध्यादेश पेश गरेलगत्तै संसद बैठक स्थगित फाइल फाेटाे

राष्ट्रिय सभाको बैठक आधा घण्टामात्र बसेर स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले आइतबारसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभएको हो । 

बैठकमा दुईवटा विधेयक पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक र शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक पेश गर्नुभएको हो । 

आज सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भए पनि सभाको अंकगणित अनुकूल नभएपछि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको हो ।

टिप्पणीहरू