ग्यारेजमा छिरेर घुस खाने ट्राफिक प्रहरीमाथि छानविन हुँदै

ग्यारेजमा छिरेर घुस खाने ट्राफिक प्रहरीमाथि छानविन हुँदै

संघीय राजधानी काठमाडौँमै दिनदहाडै घुस मोलमोलाई गर्ने एक जना ट्राफिक प्रहरी महानगरीय ट्राफिक प्रहरी महाशाखाको छानविनमा तानिएका छन् । 

नयाँ बजारस्थित एक ग्यारेज संचालकलाई धम्क्याएर घुस मागेको उजुरीका आधरमा महाशाखाले ट्राफिक प्रहरी जवान रोशन श्रेष्ठमाथि विभागीय छानविन अघि बढाएको हो । उनीमाथि बर्दिको आडमा अशुली र हशुरी धन्दा चलाएको आरोप लागेका छ । 

घटना अख्तियार दिवसको अघिल्लो दिन आज दिउँसोको हो । प्रत्यक्षदर्शीका अनुसार बिलबुक नभएको स्कुटर किन धोएको भन्दै श्रेष्ठले शुरुमा ग्यारेजका संचालकलाई धाकधम्की दिएका थिए । 

नयाँ बजारको इन्द्रायणी मन्दिर नजिक मूल सडकभन्दा केही भित्र रहेको ग्यारेजको कम्पाउण्डभित्र ग्राहकको स्कुटर धुँदै गरेका संचालकसँग त्यसपछि उनले बार्गेनिङ्ग गर्न थाले । ग्यारेज संचलकले स्कुटर धोएर, पुछेर सकेपछि ति ट्राफिक प्रहरीले घिसार्दै बिष्णुमति करिडोरको सडकसम्म पुर्याएर ह्विल लक गरी पैसा मागेको देख्नेहरुले बताएका छन् । 

सिपाही श्रेष्ठले १ हजार दिनुपर्ने अन्यथा २ हजार जरिवानाको चिट काट्ने भन्दै धम्क्याएर रकम अशुलेको ग्यारेज संचालकले बताए । त्यसपछि लगत्तै उनले ट्राफिक महाशाखाका फिल्ड अधिकृत इन्स्पेक्टर विकास थपलियालाई घटनाबारे जानकारी गराएका थिए । 

ठमेलमा युवाहरूको जमातसँग निहुँ खोज्न जाँदा प्रहरीहरु सख्त घाईते भएको घटना सेलाउन नपाउँदै कसैको घरभित्रै छिरेर धम्क्याउँदै अशुली गरिनुले बर्दिको आडमा कस्तोसम्म लुटपाट हुँदो रहेछ भन्ने तथ्य उजागर गरेको छ ।

टिप्पणीहरू