प्रहरी आइजिपीलाई सशस्त्र आइजिपीको बिदाई

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको स्वयम्भू पछाडिको हलचोकमा बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले महानिरीक्षक राजु अर्यालले आज दिउँसो आयोजित विशेष समारोहबीच कुँवरको बिदाई गरेको जनाएको छ ।
सो अवसरमा सशस्त्रका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । कुँवरलाई अवकाशपछिको जीवनको सुखद् कामना गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
प्रहरी महानिरीक्षक कुँवर भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् ।
टिप्पणीहरू