श्रीमतीको नाममा सम्पत्ति थुपारेका कोईरी अख्तियारको फन्दामा

श्रीमतीको नाममा सम्पत्ति थुपारेका कोईरी अख्तियारको फन्दामा

काठमाडौं महानगरपालिकाका पूर्व इञ्जिनियर रामबाबु महतो कोईरी भ्रष्टाचारमा तानिएका छन् । 

अंकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । कोईरी २०४६ सालदेखि ०७८ सालसम्म महानगरको इञ्जिनियर थिए ।

उक्त अवधिको सम्पत्ति छानबिन गर्दा करिब आठ करोडमध्ये साढे चार करोड बढी रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनले गैरकानूनी रुपमा कमाएको सम्पत्तिबाट श्रीमती मालाकुमारी महतोको नाममा जग्गा, सेयर खरिद, घर निर्माण र बैंकमा मौज्दात राखेको पाइएको छ । 

अदालतमा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगोसहित कोईरीकी श्रीमती मालाकुमारीलाई समेत प्रतिवादी कायम गरी कैद र जरिवाना माग दाबी लिइएको छ ।

टिप्पणीहरू