इञ्जिनियरिङ परिषद्मा रजिष्ट्रार खोजी
नेपाल इञ्जिनियरिङ परिषद्मा रजिष्ट्रार नियुक्तिको प्रक्रिया शुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी १५ दिनभित्र मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखामा आवेदन दिन भनिएको छ । उम्मेदवारको न्यूनतम योग्यता नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ र नियमावली, २०५७ बमोजिम हुनुपर्ने छ ।
जसमा इञ्जिनियरिङ विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सरकारी तथा गैरसरकारी निकायमा न्यूनतम दश वर्षको कार्यअनुभव तथा ४५ वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
यस्तै, फौजदारी कसुरमा सजाय नपाएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको र कुनै पनि गैरसरकारी संस्थाको कार्यकारी पदमा कार्यरत हुनुहुँदैन । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
टिप्पणीहरू