लस्सीमा ब्लेड

लस्सीमा ब्लेड

काठमाडौंको एउटा पसलको लस्सीमा ब्लेड फेला परेको छ । महानगरको वडा नम्बर–२४ स्थित जनकपुर दही लस्सी भण्डारले बेचेको लस्सीमा ब्लेड भेटिएको हो । 

लस्सीमा ब्लेड फेला परेपछि ग्राहकले काठमाडौं महानगर प्रहरी बलमा जानकारी गराएका हुन् । त्यसपछि प्रहरी बलले सो लस्सी पसललाई कारबाही गरेको जनाएको छ ।

‘अखाद्य वस्तु भेटिएकाले २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ,’ प्रहरी बलले भन्यो ।

टिप्पणीहरू