काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्ता सीएन इन्टरप्राइजेजसँगको सम्झौता भंग गरेको छ । महानगरमा पिउने पानी आपूर्ति गर्दै आइरहेको सीएनको पानीमा कोलिफर्म भेटिएपछि सम्झौता रद्द गरिएको छ । 

पानीको स्रोतमा सरसफाई नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको अवस्थामा कोलिफर्म देखिन्छ । यो जिवाणु मानिस वा पशुको दिशामा पाइन्छ । महानगरको कृषि तथा पशुपन्छी विभागले पानी आपूर्तिकर्ता सीएनसँगको सम्झौता रद्ध गरेर दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

महानगरले उक्त कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाई भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’ महानगरले अघिल्लो वर्षको वैशाख २ गते सीएनसँग सम्झौता गरेर सेवा लिन थालेको थियो ।

टिप्पणीहरू