आलमलाई चोख्याउने न्यायाधीशमाथि बहुमतको आक्रमण

आलमलाई चोख्याउने न्यायाधीशमाथि बहुमतको आक्रमण

रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुमाथि कालोमोसो छ्यापिएको छ । 

नेकपा बहुमतका कार्यकर्ताहरुले आज उच्च अदालत, वीरगञ्जका न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । उनीहरुले इजलासमै पुगेर ‘जनताको कर खाएर जनताकै विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै मोसो छर्किएका थिए । 

मोसो प्रहार गरेलगत्तै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार गर्भु महतोसहित तीन जना समातिएका छन् ।

 

टिप्पणीहरू