सरकारी योजना बेचेर श्रीमतीको खातामा पैसा राखेको आरोप लागेका सांसद पक्राउ

सरकारी योजना बेचेर श्रीमतीको खातामा पैसा राखेको आरोप लागेका सांसद पक्राउ

जनता समाजवादी पार्टीका मधेश प्रदेश सभा सदस्य सरोजकुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज काठमाडौँको अनामनगरबाट नियन्त्रणमा लिएको हो । 

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंहमाथि योजना बिक्री गरेको आरोप छ । अख्तियारका अनुसार उनले विभिन्न आयोजनामा आफूअनुकूल उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम श्रीमती र स्वकीय सचिव विनोदकुमार कायस्थको खातामा राखेको पाइएको छ । 

अख्तियारको टोलीले गत जेठ १३ गते उनको घरमा छापा हानेर स्वकीय सचिव कायस्थलाई पक्राउ गर्नुका साथै सिंहको मोबाइल जफत गरेको थियो । पक्राउ परेका सिंहमाथि अख्तियारले थप अनुसन्धान गर्नेछ ।

टिप्पणीहरू