उच्चका चार न्यायाधीश माथि उक्लँदै

न्याय परिषद्ले उच्च अदालतको मुख्यन्यायाधीशमा चार जनाको नाम सिफारिस गरेको छ । आज बिहान बसेको बैठकले चार जना न्यायाधीशलाई मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
उच्च अदालत, जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत, विराटनगरको मुख्यन्यायाधीश सिफारिस गरिएको छ । त्यसैगरी, उच्च अदालत, पाटनका न्यायाधीश लालबहादुर कुँवर सोही अदालतको मुख्यन्यायाधीशमा सिफारिस भएका छन् ।
उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुलसीपुरमा काज रहेका न्यायाधीश हरिप्रसाद भण्डारी उच्च अदालत, सुर्खेतको मुख्यन्यायाधीशमा सिफारिस भएको परिषद्ले जनाएको छ । उच्च अदालत, तुलसीपुरको मुख्यन्यायाधीशमा राजेश्वर तिवारीलाई सिफारिस गरिएको छ । उनी उच्च अदालत, तुलसीपुर बुटवल इजलासका न्यायाधीश थिए ।
टिप्पणीहरू